सोमबार, १५ असार २०८३
सोमबार, १५ असार २०८३ · मनोरञ्जन
काठमाडौं, असार १५ । नेपाली संगीत पारखीहरूका लागि नयाँ स्वाद पस्कँदै लोकप्रिय गायिका इन्दिरा जोशीको स्वरमा रहेको उत्कृष्ट डान्स नम्बर तथा बोल्ड आइटम गीत 'सेन्सेशन्' सार्वजनिक भएको छ । ‘ट्रिपल ए प्रोडक्सन हाउस’को आधिकारिक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो रिलिज गरिएको हो ।
गीतकार मनोज खड्काको शब्द रचना रहेको यस गीतमा गायिका इन्दिरा जोशीलाई गायक रामकृष्ण ढकालले गायनमा साथ दिएका छन् । गीतमा कल्याण सिंहले संगीत भरेका छन् भने गोपाल रसाइलीले संगीत संयोजन (एरेन्ज) गरेका हुन् । साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अडियो मिक्सिङ तथा मास्टरिङ महेश्वर राजभण्डारीले गरेका हुन् ।
म्युजिक भिडियोमा चर्चित डान्सर आश्मा विश्वकर्मा र रोशन विश्वकर्माको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन रोशन विश्वकर्मा आफैंले गरेका हुन् भने कोरियोग्राफी सुनिता पोखरेलले गरेकी हुन् ।
यस म्युजिक भिडियोलाई उत्सव दाहाल र उनको टिमले छायाङ्कन गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन डिन्सन शाहले गरेका छन् । यसैगरी, भिडियोमा दिपेन गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर, आशा गौतम कस्ट्युम डिजाइनर र सुभाष तिमल्सिना मेकअप आर्टिस्टको रूपमा रहेका छन् भने फोटोग्राफी राजीव श्रेष्ठले गरेका हुन् । दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले तयार पारिएको यो 'सेन्सेशन्' गीतले दर्शकहरूको राम्रो साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित भक्तपुरबाट एक जना पक्राउ
२८ मिनेट अगाडि
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
एक घण्टा अगाडि