logo-image

आइतबार, १७ जेठ २०८३

बालेन्द्र शाह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

बिहिबार, १२ चैत २०८२ · राजनीति

बालेन्द्र शाह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं, चैत १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चयन हुनुभएको छ।

आज वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठकमा सभापति रवि लामिछानेले शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव राख्नुभएको थियो, जसलाई उपस्थित सदस्यहरूले सर्वसम्मतिले अनुमोदन गरेका थिए।