शुक्रबार, २० कात्तिक २०८३
शुक्रबार, २० कात्तिक २०८३ · समसामयिक
काठमाडौं, कात्तिक २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामान आउने प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता सिर्जना हुने गरेको थियो । नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रुको सुविधालाई प्राथमिकतामा दिने कुरामा गम्भीर रुपमा पहल गरेका छन् । यस पहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ । यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासको रुपमा हेरिएको छ ।
कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
१० मिनेट अगाडि
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
३ घण्टा अगाडि