शुक्रबार, १९ भदौ २०८३
बुधबार, २५ चैत २०८२ · राजनीति
काठमाडौँ चैत २५ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गत भदौ २३-२४ गते जेनजी विद्रोहको क्रममा देउवा दम्पतिको घरमा आक्रमण हुँदा त्यहाँ ठूलो मात्रामा नेपाली रुपैयाँ बरामद भएको सामाजिक सञ्जालमा देखिएको थियो। सञ्जालहरूमा देउवा दम्पतिको घरमा धेरै पैसा जलेको तथा प्रदर्शनकारीहरूले पैसा हावामा उडाइएको भिडियोहरु सार्वजनिक भएको थियो।
यसै सिलसिलामा उहाँहरू माथि सम्पत्ति शुद्धिकरणको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको बुझिएको छ। हाल देउवा दम्पति उपचारका लागि नेपालभन्दा बाहिर रहनुभएको हुँदा इन्टरपोलको मद्दतले उहाँहरुलाई पक्राउ गरिएला त?
फेवातालमा खस्यो भारतीय नम्बर प्लेटको कार
६ घण्टा अगाडि