बिहिबार, ११ भदौ २०८३
बिहिबार, ११ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीवार बिहानदेखि बैठक जारी रहेको हो । बैठकमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतका शिर्ष नेताहरूको उपस्थिति रहेको छ । बुधवार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सोही सन्दर्भमा छलफल गर्न यो बैठक डाकिएको हो । बाढीमा परी हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ भने ८ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूको खोजी कार्य जारी रहेकै अवस्थामा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन र उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेताहरू छलफलमा जुटेका हुन् ।