logo-image

बुधबार, १७ भदौ २०८३

एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महर मनोनीत

शुक्रबार, ११ वैशाख २०८३ · राजनीति

एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महर मनोनीत

काठमाडौं, वैशाख ११ । नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा सांसद ऐनबहादुर महरलाई जिम्मेवारी सुम्पिएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले महरलाई सो पदमा मनोनयन गर्नुभएको हो।

एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम नेता थापाले महरलाई बिहीबारदेखि लागू हुने गरी प्रमुख सचेतक चयन गर्नुभएको हो। संसदीय दलको कार्यालयले जारी गरेको मनोनयन पत्रमा प्रतिनिधि सभामा पार्टीको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउन महरलाई यो जिम्मेवारी दिइएको उल्लेख छ।

विद्यार्थी राजनीतिबाट स्थापित महर गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बझाङ-१ बाट निर्वाचित हुनुभएको थियो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो। दलका नेता थापाले महरको कार्यक्षमता र युवा जोसले सदनमा पार्टीको उपस्थिति बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ।