logo-image

मङ्गलबार, १५ वैशाख २०८३

विदेश पढ्न जानेहरु बढ्दा बाहिरियो ९७ अर्ब, घुम्न जानेहरु घटे

सोमबार, १४ वैशाख २०८३ · अर्थ

विदेश पढ्न जानेहरु बढ्दा बाहिरियो ९७ अर्ब, घुम्न जानेहरु घटे


काठमाडौं, बैशाख १४ । उच्च शिक्षाका लागि नेपालबाट विदेशीनेहरुको लहर बढेसँगै नेपालबाट बाहिरिने रकम पनि बढेको छ । 
गत आर्थिक वर्षको फागुनसम्म ८८ अर्ब ९२ करोड रकम बाहिरिएकोमा  यो वर्षको सोहि अवधिमा ९७ अर्ब बाहिरएको छ । अर्थात ९ महिनाको अवधिमा यसरी बाहिरिने रकम गत वर्षको तुलनामा ९ अर्बले बढेको छ। 
स्वदेशमा उच्च शिक्षासँगै रोजगारीको अभावमा नेपालीहरु विदेश जाने क्रम बढेसँगै नेपालबाट बाहिरिने रकम पनि बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको फागुनसम्म भ्रमण व्यय १ खर्ब ४५ अर्ब १२ करोड कायम भएको छ । जबकी गत वर्षको  सोहि अवधिमा यस्तो रकम १ खर्ब ४७ अर्ब ५७ करोड  थियो । अर्थात विदेशमा घुम्न जानेहरु घटेपनि नेपालबाट विदेश पढ्न  जानेहरु बढेका कारण बाहिरिने रकम बढेको हो ।
फागुनसम्ममा अवधिमा खुद सेवा आय ३७ अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६१ अर्ब ७ करोडले घाटामा रहेको थियो । 
सेवा खाताअन्तर्गत फागुनसम्म भ्रमण आय २.५ प्रतिशतले कमी भई ५५ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ७८ करोड रहेको थियो ।