सोमबार, ०४ साउन २०८३
आइतबार, ०३ साउन २०८३ · समसामयिक
रुकुम पूर्व, साउन ३ । रुकुम पूर्व जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार साँझ कडा धक्कासहितको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ४:३० बजे रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का केन्द्रबिन्दु रहेको रुकुम पूर्वसहित छिमेकी जिल्लाहरू रोल्पा, दाङ, अर्घाखाँची र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। स्थानीय बासिन्दाका अनुसार केहीबेर कडा धक्का महसुस भएपछि सर्वसाधारणहरू त्रसित हुँदै घरबाहिर निस्किएका थिए।
भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ। सम्बन्धित निकायहरूले क्षतिको वास्तविक अवस्था बुझ्ने र विवरण संकलन गर्ने कार्य भइरहेको बताएका छन्।
यसअघि पनि जुम्लाको टम्टी आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
स्कुटर चोरीमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ
६ घण्टा अगाडि