शनिबार, १२ मंसिर २०८३
सोमबार, ३० कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सचिवालय र सल्लाहकार टिममा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूको विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री बनेको लामो समय (सात महिना) पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत सचिवालयका २५ जना अधिकारीहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको सूचीअनुसार प्रधानमन्त्रीको सल्लाहकार र विज्ञ टिममा मन्त्री तथा राज्यमन्त्री स्तरका सुविधाहरू पाउने विज्ञहरू समेत समेटिएका छन्।
प्रमुख सल्लाहकार तथा विज्ञहरू:
कुमार बेन्जनकार: मुख्य राजनीतिक सल्लाहकार (अवैतनिक, मन्त्री सरहको सुविधा)
आशिष शाह: राजनीतिक सल्लाहकार (मन्त्री सरहको सुविधा)
प्रा. डा. जगदीशप्रसाद अग्रवाल: स्वास्थ्य सल्लाहकार (अवैतनिक, मन्त्री सरहको सुविधा)
सुदीप ढकाल: नीति, प्रशासन तथा सुशासन सल्लाहकार (राज्यमन्त्री सरहको सुविधा)
विवेक मिश्र: सूचना तथा सञ्चार प्रविधि सल्लाहकार (राज्यमन्त्री सरहको सुविधा)
निजी सचिवालय र अन्य जिम्मेवारीहरू:
सुभाष शर्मा: मुख्य निजी सचिव (राजपत्रित विशिष्ट श्रेणी सरह)
नवीन भण्डारी: निजी सचिव (राजपत्रित प्रथम श्रेणी सरह)
सहसचिव सरहका जिम्मेवारी (राजपत्रित प्रथम श्रेणी):
सञ्जीव पाण्डे (विकास आयोजना)
दीपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ)
सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक)
विश्व राई (सामाजिक विकास विज्ञ)
उपसचिव सरहको जिम्मेवारी (राजपत्रित द्वितीय श्रेणी):
प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य
सहायक विज्ञ तथा अन्य तहमा:
सुमन गौतम (नागरिक उड्डयन) र रविकिरण अधिकारी (भाषा तथा मस्यौदा) सहायक विज्ञका रूपमा छन्।
शाखा अधिकृत तथा अन्य प्राविधिक तथा प्रशासनिक पदहरूमा सुरेन्द्र बजगाईं (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), वेदानन्द जोशी, हेमनारायण दास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषि थापा, अमृत पाण्डे (भिडियोग्राफर), राजकुमार गौतम र बेनिस् कार्की कार्यरत रहनुभएको छ।