सोमबार, १८ जेठ २०८३
सोमबार, २३ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत २३ । माथिल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणमा परी कम्तीमा २१ भेडा र बाख्राको मृत्यु भएको छ भने सात वटा घाइते भएका छन्।
हालै लोमान्थान-४, चुमजुङका स्थानीय गोठालो घ्याचो गुरुङको तारजालीले घेरिएको सुरक्षित खोरभित्रै पसेर हिउँचितुवाले एकै रातमा २१ वटा भेडा-च्याङ्ग्रा मार्नुका साथै ७ वटालाई घाइते बनाएको छ, जसबाट करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
मुस्ताङका विभिन्न क्षेत्रमा यस्ता घटना बारम्बार दोहोरिन थालेका छन्, जसलाई विज्ञहरूले जलवायु परिवर्तनको असरसँग जोडेका छन्ता-पक्रम वृद्धि र हिमाली क्षेत्रमा घाँसको कमीका कारण जंगली जनावरहरू तल झर्न थालेपछि हिउँचितुवा पनि आहाराको खोजीमा बस्ती र गोठ नजिकै आइपुग्ने गरेका हुन्।
यस जोखिमलाई कम गर्न एक्याप (ACAP) ले सीसीटीभी क्यामेरा जडान गरी निगरानी बढाउनुका साथै पीडित कृषकलाई राहत उपलब्ध गराउने प्रयास गरिरहे पनि बढ्दो आक्रमणले परम्परागत पशुपालन व्यवसाय नै संकटमा पर्ने देखिएको छ।