बिहिबार, ३२ असार २०८३
बुधबार, ११ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत ११
काठमाडौं महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्युचाटार घर भएका ४९ वर्षीय सुजन खत्री र काठमाडौं बाफल बस्ने कैलाली घर भएका २१ वर्षीय ईमानसु बुढा रहेका छन् । प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–१० कपन बस्ने झापा घर भएका २४ वर्षीय सुनिल सान्थललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा निजको साथी काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय सुदिप बन्जराको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय १० मिलिग्राम र एसएलआरको गोली १ राउण्ड फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने नुवाकोट घर भएका २० वर्षीय सुनिल भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका–२ परागीपुर बस्ने ३० वर्षीय प्रकाश भण्डारी समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अनुज शाही समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले अनुजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित ब्यास नगरपालिका–१४ बस्ने २५ वर्षीय केशव थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट भिमादतर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको इभि माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–१ बस्ने २० वर्षीय आकाश चौधरी र सोही नगरपालिका–२ बस्ने २१ वर्षीय अबिषेक चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्सहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४४ मिलिग्राम सहित सोही नगरपालिका–३ खरेन्द्रपुर बस्ने ३१ वर्षीय सुरज पाण्डेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ४६ ट्याब्लेट, स्पास्पेन ४ हजार ट्याब्लेट र डिकोलिक २ सय २८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय अनिल लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–४ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १६ ट्याब्लेट र नाइट्राभेट ६० ट्याब्लेट सहित नवलपरासी पुर्व मध्यबिन्दु नगरपालिका–१० अरूणखोला बस्ने २९ वर्षीय सुमन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र नगद ३८ हजार सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सौरव वली, सोही उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय बिशाल विक र २४ वर्षीया मीना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सौरवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका–१३ जागृती टोलमा बस्ने सिर्जना चौधरीको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६ सय २० मिलिग्राम फेला पारी सिर्जना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, चैत्त ११
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बस्ने कास्की रूपा गाउँपालिका–५ घर भएका ३६ वर्षीय बिकल पौडेल, काठमाडौं तारकेश्वर नगरपालिका–१६ बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएका ४२ वर्षीय धनिराम बुढा, काठमाडौं टोखा नगरपालिका–१० बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका–६ घर भएका ३७ वर्षीय काशिराम दर्जी र काठमाडौं टोखा नगरपालिका–८ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका २५ वर्षीया सरस्वती भण्डारी रहेका छन् ।
पक्राउ मध्ये बिकलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, धनिरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ, काशिरामले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ र सरस्वतीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकललाई काठमाडौं महानगरपलिका–२८ बाट र धनिरामलाई काठमाडौं महानगरपालिका–६ बाट सोमबार तथा काशिरामलाई काठमाडौं टोखा नगरपालिका–१० बाट र सरस्वतीलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
महोत्तरी, चैत ११
आफ्नो श्रीमती ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय बिरेन्द्र सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नक्कली सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ
रौतहट, चैत ११
चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने धातु ७ थान सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत–३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० बस्ने ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ बस्ने ३८ वर्षीय रूपकेश राय यादव र भारत पश्चिम बंगाल सिलीगुढी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन् । उक्त होटलमा सुनचाँदीको अवैध विक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले होटलको १०२ नम्बरको कोठा तलासी गर्दा उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कञ्चनपुर, चैत ११
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेल्डाँडी गाउँपालिका–५ राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, चैत ११
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–५ सिद्धिटोल बस्ने रौतहट गरूडा नगरपालिका–१ श्रीपुर घर भएका २१ वर्षीय श्याम किशोर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०८० चैत १ गतेको फैसलाले उक्त मुद्दामा १७ लाख ८५ हजार ६ सय रूपैयाँ जरिवाना र क्षतिपूर्ति वापत १ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–५ सिद्धिटोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, चैत ११
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका ४४ वर्षीय शिवराज कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
६ घण्टा अगाडि