शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं,फागुन २३ । २०४८ सालदेखि निरन्तर एक छत्र रुपमा भक्तपुर क्षेत्र नम्बर १ मा जित्दै आएको नेपाल मजदुर किसान पार्टिले यसपालि पराजय ब्यहोर्नु परेको छ ।
भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टिका उमेदवार प्रेम सुवालले २८ हजार १४७ मत पाएका छन् । नेपाली कांग्रेसका किरण न्यौपानेले भने ४ हजार २८२ मत ल्याए ।
भक्तपुर क्षेत्र नम्बर एकमा निर्वाचनका क्रममा मतदाताहरु नेमकिपा बाहेक अन्य दलहरुको बारेमा खुलेर बोल्न समेत चाहदैनथे । तर, मतदान गर्ने बेलामा भने उनिहरुले ३४ वर्षपछि मत परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टिलाई मतदान गरेका छन् ।
यसरी भक्तपुर १ मा पराजय भोगेपछि यसपटक नेमकिपालाई संसदको यात्रा समेत रोकिएको छ । यसअघिको संसदमा सुवालले विभिन्न बिषयमा फरक मत राख्ने गरेका थिए । अब त्यो आवाज भक्तपुर बासिले रोक लगाइदिएका छन् ।