logo-image

सोमबार, १८ जेठ २०८३

हिमाली भेगमा मेघगर्जन सहित पानी र हिमपातको संभावना

सोमबार, ०२ चैत २०८२ · समसामयिक

हिमाली भेगमा मेघगर्जन सहित पानी र हिमपातको संभावना


काठमाडौं, चैत २ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

 कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेकोे छ । साथै तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सोमबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

ताजा समाचार