बुधबार, २० जेठ २०८३
बुधबार, २० जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेट भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुकमा स्टाटस सेयर गर्दै रविसँगको भेटघाट भएको कुरा सार्वजनिक गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति श्री रवि लामिछानेलाई भेट्न पाउँदा अत्यन्त खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।
हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।
दुई देशबीच फेरिएको राजनीतिक शक्ति सन्तुलनका बीच भएको यो भेटलाई कूटनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।