logo-image

बुधबार, ३१ असार २०८३

स्ट्रेट अफ हर्मुज खुल्दैन : नव इरानी सर्वोच्च नेता खमेनी

शुक्रबार, २९ फागुन २०८२ · अन्तर्राष्ट्रिय

स्ट्रेट अफ हर्मुज खुल्दैन : नव इरानी सर्वोच्च नेता खमेनी

काठमाडौँ, फागुन २९
नवनियुक्त इरानी नेता मोजतब्बा  खमेनीले स्ट्रेट अफ हर्मुज नखोल्ने घोषणा गर्नुभएको हो। इरानको सर्वोच्च नेता घोषित भएपछि उहाँले इरानी टेलिभिजन मार्फत आफ्नो पहिलो सन्देशमा सो कुरा जानकारी गराउनु भएको हो। मोजतब्बा  खमेनी इरानका पूर्व सर्वोच्च नेता आयतुल्ला खमेनिका छोरा हुन्। अयतुल्ला खमेनीको मृत्यु भएपछि उहाँलाई सर्वोच्च नेता घोषणा गरिएको हो। स्ट्रेट अफ हर्मुज विश्वभर तेल निर्यात गर्ने रणनीतिक मार्ग हो। सो मार्ग अमेरिका इजरायलसँग इरानको युद्ध भएपछि इरानले बन्द गर्दा विश्व बजारमा तेलको भाउ आकासिएको छ।