शुक्रबार, ०४ वैशाख २०८३
आइतबार, २४ फागुन २०८२ · राजनीति
सोलुखुम्बु, फागुन २४ । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार १३ हजार १६६ मत प्राप्त गर्दै कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाका असिम राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गरेका हुन्। राईले ९ हजार ४१४ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य उम्मेदवारहरूमध्ये नेकपा (एमाले) की कल्पना राईले ८ हजार २२८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन राईले ३ हजार ६४२ मत र श्रम संस्कृति पार्टीका बीएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टीका लाक्पा शेर्पाले २०३, राप्रपाका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन्।