logo-image

बुधबार, ३१ असार २०८३

सुरक्षा सतर्कतापछि यूएईको आकाश मार्ग पुनः खुला, उडान सुचारु

मङ्गलबार, ०३ चैत २०८२ · अन्तर्राष्ट्रिय

सुरक्षा सतर्कतापछि यूएईको आकाश मार्ग पुनः खुला, उडान सुचारु

दुवई, फागुन ३ । इरानले अमेरिका र इजरायलसँगको द्वन्द्वका क्रममा मिसाइल तथा ड्रोन आक्रमणलाई तीव्रता दिएपछि सुरक्षा सावधानीस्वरूप करिब दुई घण्टा बन्द गरिएको संयुक्त अरब इमिरेट्स (यूएई) को आकाश मार्ग पुनः खुल्ला गरिएको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोनहरू नष्ट गरिसकेको छ। नागरिक उड्डयन प्राधिकरणले सुरक्षा अवस्थाको विस्तृत मूल्यांकन र सम्बन्धित निकायहरूसँगको समन्वयपछि उडान, चालक दल र भूभागको सुरक्षा सुनिश्चित गर्न लिइएको यो 'असाधारण सावधानी' पछि एयरस्पेस खोल्ने निर्णय गरेको बीबीसीले जनाएको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण र इन्धन भण्डारण केन्द्रमा लागेको आगलागीका कारण प्रभावित उडानहरू सोमबारदेखि सीमित तालिकामा पुनः सञ्चालनमा आएका छन् भने हाल उड्डयन सुरक्षाका लागि वास्तविक समयमै अवस्थाको निरन्तर निगरानी भइरहेको छ।