logo-image

बुधबार, १७ भदौ २०८३

सुन प्रतितोला ३ लाख १९ हजार, आज चाँदीको मूल्य भने स्थिर

बुधबार, २७ फागुन २०८२ · अर्थ

सुन प्रतितोला ३ लाख १९ हजार, आज चाँदीको मूल्य भने स्थिर

काठमाडौं, फागुन २७ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २,००० रुपैयाँले बढेर ३,१९,००० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३,१७,००० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। मंगलबार प्रतितोला ५,७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।