logo-image

शनिबार, २० भदौ २०८३

सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता ३१ हजार बढी मतान्तरले विजयी

आइतबार, २४ फागुन २०८२ · राजनीति

सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता ३१ हजार बढी मतान्तरले विजयी

सिराहा, फागुन २४ । सिराहा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता अत्यधिक मतान्तरले विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार गुप्ताले कुल ४१,३२२ मत प्राप्त गर्दै शानदार जित दर्ता गरे।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१,५३८ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। पराजित चौधरीले जम्मा ९,७८४ मत प्राप्त गरे।