logo-image

बिहिबार, ०३ वैशाख २०८३

सांसदको तलब लिन्नँ, सरकारी गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

मङ्गलबार, ०३ चैत २०८२ · राजनीति

सांसदको तलब लिन्नँ, सरकारी गाडी पनि चढ्दिनँ :  सुधन गुरुङ

काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद सुधन गुरुङले प्रतिनिधि सभा सदस्यका रूपमा आफूले पाउने तलब नलिने घोषणा गरेका छन्। मंगलबार पार्टीले सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यस्तो जानकारी दिएका हुन्।

सांसद गुरुङले आफूले राज्यबाट पाउने मासिक पारिश्रमिक त्याग गर्ने मात्र नभई सरकारी सवारी साधन समेत प्रयोग नगर्ने बताए। गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङले जनताको सेवा गर्ने मुख्य उद्देश्यका साथ आफू राजनीतिमा आएको र राज्यको कोषमा थप भार नपार्ने संकल्प गरेको उल्लेख गरे।