logo-image

बुधबार, १७ भदौ २०८३

सस्तीयो डलरको भाउ, आज कतिमा हुदैछ कारोबार ?

बुधबार, १३ फागुन २०८२ · अर्थ

सस्तीयो डलरको भाउ, आज कतिमा हुदैछ कारोबार ?


नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १ सय ४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८३ पैसा  निर्धारण गरेको छ ।  मंगलबार एकको खरिददर १ सय ४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १ सय ४५ रूपैयाँ ८८ पैसा तोकिएको थियो ।
युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ८० पैसा तोकिएको छ। मंगलबार यसको भाउ एकको खरिददर १सय ७१ रूपैयाँ १६ पैसा र बिक्रीदर १ सय ७१ रूपैयाँ ८७ पैसा तोकिएको थियो ।
पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ९६ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ८८ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिददर १ सय ५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय१४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा  तोकिएको छ । 
युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।