logo-image

शुक्रबार, ०४ वैशाख २०८३

सर्लाही-४ निर्वाचन परिणाम: गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

शनिबार, २३ फागुन २०८२ · राजनीति

सर्लाही-४ निर्वाचन परिणाम: गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

सर्लाही, फागुन २४ । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह निर्वाचित भएका छन्। उनले ३५,६८८ मत प्राप्त गर्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई १२,८५० को फराकिलो मतान्तरले पराजित गरेका हुन्। 

मतगणनाको सुरुवाती चरणदेखि नै आफ्नो अग्रता कायम राखेका सिंहका निकटतम प्रतिद्वन्द्वी थापाले २२,८३८ मत प्राप्त गरेका थिए। 

नेपाली कांग्रेसले निकै प्रतिष्ठाको विषय बनाएको र बलियो उम्मेदवार उठाएको सर्लाही ४ मा रास्वपा उम्मेदवार डा. अमरेश कुमार सिंहलाई सुरुमा चुनाव जित्न निकै कठिन हुने आँकलन गरिएको थियो। सत्ता गठबन्धन र विभिन्न दलका शीर्ष नेताहरू कांग्रेस उम्मेदवारको पक्षमा माहोल बनाउन सक्रिय रहे पनि डा. सिंहले त्यसलाई चिर्दै अघिल्लो पटकभन्दा झन् सानदार मतका साथ विजय हासिल गरेका छन्। 

यो जितसँगै डा. सिंहले चौथो पटक सांसद बन्ने अवसर प्राप्त गरेका छन्।