logo-image

शुक्रबार, ०४ वैशाख २०८३

समानुपातिक निर्वाचन : रास्वपा ५१ लाख मत कटाउँदै शीर्ष स्थानमा

बुधबार, २७ फागुन २०८२ · राजनीति

समानुपातिक निर्वाचन : रास्वपा ५१ लाख मत कटाउँदै शीर्ष स्थानमा

काठमाडौं, फागुन २७ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ७ लाख २० हजार ५६७ मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख २९ हजार ६१९ मतका साथ अग्रस्थानमा देखिएको छ।

त्यसैगरी, नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मत ल्याएको छ। गणनाको क्रम जारी रहँदा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख २ हजार ७४३ मत, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७ मत प्राप्त गरेका छन्।

अन्य दलहरूमा जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४४४ र जनमत पार्टीले ७८ हजार ९२७ मत पाएका छन्। निर्वाचन आयोगका अनुसार देशका विभिन्न स्थानमा मतगणना अझै जारी रहेको छ।