logo-image

शुक्रबार, ०४ वैशाख २०८३

समानुपातिकमा १ करोड ७ लाख मत  गणना , ५८ सिट रास्वपाले पाउँदा प्रकाश सपुत र मनोहरको संभावना

बुधबार, २७ फागुन २०८२ · राजनीति

समानुपातिकमा १ करोड ७ लाख मत  गणना , ५८ सिट रास्वपाले पाउँदा प्रकाश सपुत र मनोहरको संभावना

काठमाडौं, फागुन २७ । बुधबार बिहानसम्म समानुपातिकतर्फको १ करोड ७ लाख ३२ हजार मत गणना भइसकेको छ । गणना भएको मतमध्ये सबैभन्दा बढि राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढि अर्थात  ५१ लाख ३६ हजार ६ सय ७४ मत  प्राप्त गरेको छ ।

रास्वपा पछि भने  नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३ सय २६ मत प्राप्त गरेको छ। र नेकपा एमालेले १४ लाख ४८ हजार मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार मत प्राप्त गरेको छ। र श्रम सस्कृतिले ३ लाख ७८ हजार र राप्रपाले ३ लाख २९ हजार मत प्राप्त गरेको छ। 

यसरी अहिलेसम्मको गणना भएको मतका आधामा रास्वपाले कुल मतको ४८ प्रतिशत प्राप्त  गरेको छ ।  त्यस्तै कंग्रेसले १६ र एमालेले १६ प्रतिशत मत प्राप्त गरेको छ। नेपाली कम्युनिष्ट पाटीले साढे सात प्रतिशत र श्रम सस्कृति पार्टीले साढे तिन प्रतिशत मत प्राप्त गरेको छ। यसपछि राप्रपाले ३ प्रतिशत मत प्राप्त गरेको छ । यसबाहेक अन्य पार्टीले भने ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छैनन् । अर्थात ३ प्रतिशत मत कटाउन नसक्नेले यस्तो समानुपातिक सांसदको सुविधा पाउदैनन् । 

राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ कुल सदर मतको न्यूनतम तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने अनिवार्य प्रावधान रहेको छ। अहिलेसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुले प्राप्त गरेको कुल समानुपातिक मत ९ लाख ८४ हजार हो । यहि मतका आधारमा नै १ सय १० सिट बाडफाट हुन्छ । ९ लाख ८४ हजारमा रास्वपाले पाएको ५१ लाख ३६ हजार मत ५२ दशलमव एक सात प्रतिशत हो । एक सय १० सिटलाई ५२  प्रतिशतको हिस्सा दिने हो भने त्यो ५८ सिट हुन आउँछ । यसरी हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदमा ५८ जना समानुपातिक संसद जाने हुन्छ। 

५८ जनामा को-को पर्लान त ? 
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अघि नै निर्वाचन आयोगमा समानुपातिकको सुची बुझाएको छ।  संबिधान अनुसार  संघिय  संसदमा एक तिहाई महिला प्रतिनिधित्व गराउनुपर्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभागरि दुबै तर्फबाट एक तिहाई पुराउनुपर्ने हुन्छ। तर अहिले राष्ट्रिय सभामा रास्वपाको महिला प्रतिनिधि शुन्य रहेकाले प्रतिनिधि सभामा नै धेरै महिला सांसद पठाउनुपर्ने हुन्छ। 

प्रतिनिधि सभामा १ सय ८३ सासंद रहनेछन् । ३१ प्रतिशत महिला भनले ६१ जना महिला प्रतिनिधि सभामा हुनुपर्नेछ । अहिले रास्वपाबाट  १३ जना महिला सांसद निर्वाचित भइसकेकाल अब रास्वपाले ४८ जना महिलाको नाम बुझाउनु पर्छ । 

यसबाहेक अब १० जना मात्रै पुरुष सांसद बन्न पाउछन् । यसमा अब दलित जनजाती र खस आर्यको क्लस्टर १० बाट पुरा गर्नुपर्ने हुन्छ। यि १० लाई अब क्लष्टरमा बाड्दा दलितको सूचिमा एक नम्बरमा  रुपक बिश्वकर्मा छन् भने दोस्रोमा प्रकाश सपुत ।

यसपछि थारुमा सुरेन्द्र चौधरी पहिलो नम्बरमा रहेका छन् भने  मधेशीमा नन्दन यादब । आदीबासी  जनजातीमा राम लामा, खुस्बु सरकार श्रेष्ठ, मिङ्मा  ग्यापु शेर्पा र डा मनोहरलाल श्रेष्ठ रहेका छन् ।