बिहिबार, ०३ वैशाख २०८३
बुधबार, २७ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २७ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य पूर्ण रूपमा सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीका अनुसार गोरखा–१ र इलाम–१ को अन्तिम मतपरिणाम आएसँगै गणना कार्य सम्पन्न भएको हो।
आयोगले मतगणना सकिएको जनाए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूबाट विस्तृत प्रतिवेदन आउने क्रम अझै जारी रहेको छ। अब आयोगले प्राप्त मतका आधारमा कुन दलले कति सिट पाउने भन्ने निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ। सिट फाँटफाँटको यो कार्य केही दिनभित्रै सम्पन्न हुने अधिकारीहरूले बताएका छन्।
पछिल्लो मत परिणाम (आज बिहान ११:०० बजेसम्म) समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ। मुख्य दलहरूको प्राप्त मत विवरण यस प्रकार छ:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): ५१ लाख ३९ हजार २३५
नेपाली कांग्रेस: १७ लाख ४९ हजार ५८३
नेकपा (एमाले): १४ लाख ४८ हजार ८५४
नेपाली कम्युनिष्ट पार्टी: ८ लाख ५ हजार ७७३
श्रम संस्कृति पार्टी: ३ लाख ७८ हजार ६४९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख २९ हजार ४७२
यसपटकको नतिजा अनुसार अन्य साना दलहरूले समानुपातिकतर्फको 'थ्रेसहोल्ड' कटाउन सक्ने सम्भावना न्यून देखिएको छ।