logo-image

शनिबार, ०५ वैशाख २०८३

सतर्क र सुरक्षित रहन ऐन महरको अपिल

शुक्रबार, ०६ चैत २०८२ · राजनीति

सतर्क र सुरक्षित रहन ऐन महरको अपिल

काठमाडौँ चैत ६
नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य ऐन महरले मौसम विभागको पूर्वानुमान अनुसार आज र भोलि सुदूरपश्चिममा ठूलो पानी पर्ने हुरी बतास आउन सक्ने र धनजनको क्षति हुने चेतावनी दिएको भन्दै बझाङ क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गर्नुभएको छ ।
उहाँले बझाङमा बिहानैबाट मौसम परिवर्तन भई पानी पर्न सुरु भएको र हावाहुरी पनि चल्न थालिसकेको बताउनुभएको छ। साथै उहाँले आफू निरन्तर प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँग निरन्तर सम्पर्कमा रहेको पनि उल्लेख गर्नुभएको छ। हामीसँगको सम्पर्कमा उहाँले आफू सधैँ बझाङबासीको सुखदुखमा साथ रहने र केही भवितव्य आइलागेमा आफूले उद्धार र सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताउनुभएको छ।