logo-image

बिहिबार, ०३ वैशाख २०८३

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद: ४ जनाको नाम सार्वजनिक

आइतबार, ०१ चैत २०८२ · राजनीति

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद: ४ जनाको नाम सार्वजनिक

काठमाडौं, चैत्र १ । श्रम संस्कृति पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आफ्ना ४ जना सांसदहरूको नामावली सार्वजनिक गरेको छ। पार्टीका संरक्षक एवं धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगमा पठाइएको अन्तिम नामावली बारे जानकारी दिएका हुन्।

चुनिएका समानुपातिक सांसदहरू:
पार्टीले विभिन्न क्लस्टरका महिला उम्मेदवारहरूलाई प्राथमिकता दिँदै निम्न नामहरू सिफारिस गरेको छ-
१. पूर्णप्रसाद लिम्बू – आदिवासी जनजाति महिला
२. अम्बिकादेवी संग्रौला – खस आर्य महिला
३. राधिका रम्तेल – दलित महिला
४. रुवीकुमारी ठाकुर – मधेसी महिला

यस पटकको निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जित्न सफल भएको छ। समानुपातिकतर्फका ४ सिट थपिएसँगै अब संसदमा पार्टीको उपस्थिति बलियो हुने देखिएको छ। हर्क साम्पाङले नयाँ सांसदहरूलाई बधाई दिँदै जनपक्षीय काम गर्न शुभकामना समेत दिएका छन्।