logo-image

शुक्रबार, २२ जेठ २०८३

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन :पूर्वप्रधानमन्त्री कार्की

शुक्रबार, २२ जेठ २०८३ · राजनीति

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन :पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं, जेठ २२
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउनेतिर सरकार लाग्न नहुने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत गर्नुभयो । सरकारमा आएका नवयुवाहरुले अघिल्लो कुराहरु मनन गरेर, हिष्ट्रीलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने पूर्वप्रधानमन्त्री कार्कीको भनाई थियो । उहाँले सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताउनु भयो । त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरुले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले नै मुलुक हाँक्ने भएकाले उनीहरुलाई आफूले कहिल्यै पनि कम नआँकेको पनि बताउनु भयो । उहाँले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंशा समेत गर्नुभयो । 
–न्युज एजेन्सी नेपाल

ताजा समाचार