बिहिबार, ०३ वैशाख २०८३
आइतबार, ०१ चैत २०८२ · राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फको ५७ जना सांसदको नाम टुंग्याएको छ ।
आईतवार बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले ५७ जना सांसदको नाम टुंग्याएर आईतवार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद बनाइनेछ । जसअन्र्तगत खसआर्यमा १७ जना, जनजाती १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ५ जना गरी ५७ जना रहेका छन् । उहाँले पार्टीले निर्वाचन आयोगमा बुझाएका नामवली भने तत्काल सार्वजानिक नगर्ने जानकारी दिनुभयो । निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले रुजु गर्ने र ठीक भएका नामावलीहरु आयोगले नै सार्वजानिक गर्ने उहाँको भनाई छ । पार्टीले सिफारिस गरेका नामहरु राजनितिक र कानुनी प्रक्रियाअनुसार आयोगले स्वीकृत नगरेसम्म त्यसलाई प्रस्तावित मात्र मान्न सकिने भएकोले तत्काल नामावली सार्वजानिक नगरेको उहाँले बताउनु भयो ।
बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरकार, प्रहरी, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यावाद दिने निर्णय पनि गरेको उहाँले बताउनु भयो । बैठकले अस्वस्थ रहेका पार्टी सभापति रवी लामिछाने लगायतका नेताहरुको स्वास्थ्यलाभको कामना गर्ने निणय पनि गरेको छ ।
–न्युज एजेन्सी नेपाल