logo-image

शुक्रबार, ०४ वैशाख २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक भोट ५० लाख नाघ्यो

मङ्गलबार, २६ फागुन २०८२ · राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक भोट ५० लाख नाघ्यो

काठमाडौं, फागुन २६ । भर्खरै प्राप्त जानकारी अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार समानुपातिकतर्फ १ करोड ४ लाख १९ हजार दुई सय ३४ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५२ मत प्राप्त गरेको हो जुन गणना भएको मतको ४७.९१% हो।

यसैगरी नेपाली कांग्रेसले १६.२५% अर्थात् १६ लाख ५२ हजार ७ सय ८६ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी एमालेले १३.५५ प्रतिशत अर्थात् १४ लाख ११ हजार ४ सय २९ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ७.३६% अर्थात् ७ लाख ६६ हजार ८ सय ७५ मत प्राप्त गरेको छ।

त्यसैगरी दुई महिना अगाडि मात्र दर्ता भएको श्रम संस्कृति पार्टीले ३.४४% अर्थात् ३ लाख ५८ हजार ४ सय १५ मत प्राप्त गरी राष्ट्रिय दल बन्ने पक्कापक्की गर्दै पाँचौं स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सङ्घ संस्कृति पार्टीलाई पछ्याउँदै छैठौं स्थानमा रहेको छ। ३.१२ प्रतिशत सहित राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८ सय ८१ मत प्राप्त गरेको छ।