शुक्रबार, ०४ वैशाख २०८३
बुधबार, २७ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २७ । चितवन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उनले चुनावी अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्। खर्चको विवरण अनुसार उम्मेदवारी दर्तामा १० हजार, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ।
त्यसैगरी, मतदाता शिक्षा कार्यक्रमको खाजामा १४ हजार २००, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार, प्रचार सामग्रीमा १ लाख १२ हजार, ब्यानर तथा स्टिकरमा ५५ हजार र खाना खर्चमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
यसबाहेक, हवाई यात्रामा १३ हजार ६२६ र चुनावी सभा तथा बैठकहरूमा १ लाख ८० हजार रुपैयाँ खर्च भएको लामिछानेले आयोगमा पेश गरेको विवरणमा उल्लेख छ।