शुक्रबार, ०४ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता ९बालेन्द्र शाह० बालेनसँग टेलिफोन सम्पर्क गरेको कुरा उल्लेख गर्नुभएको छ। सो क्रममा उहाँले हालै सम्पन्न भएको चुनावमा अभूतपूर्व विजय हासिल गर्नुभएकोमा दुवै नेतालाई बधाई दिनुभएको पनि उल्लेख गर्नुभएको छ। साथै उहाँले भारतीय सरकार आगामी दिनमा नेपालमा बन्ने सरकारसँग सहकार्य गर्दै नेपाल भारतको सम्बन्ध नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।