शुक्रबार, ०४ वैशाख २०८३
मङ्गलबार, २६ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २६ । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनमा सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाहलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत शुभकामना सन्देश जारी गर्दै भुटानी प्रधानमन्त्री तोब्गेले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई पनि बधाई दिएका छन्।
उनले लेखेका छन्, “नेपालको आम निर्वाचनमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई। सफल चुनाव सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि हार्दिक बधाई।”
प्रधानमन्त्री तोब्गेले आगामी दिनमा बन्ने सरकारसँग मिलेर नेपाल र भुटानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्। उनले दुई देशबीच रहेको न्यानो मित्रतालाई आगामी दिनमा अझ गहिरो बनाउने चाहना पनि व्यक्त गरेका छन्।
उनको सन्देशमा नेपाल र भुटानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउँदै सहकार्यलाई अघि बढाउने प्रतिबद्धता समेत उल्लेख गरिएको छ।