logo-image

आइतबार, १४ भदौ २०८३

महावीर पुनले वीरगञ्जको कारखाना जोगाउन पुनः आत्मकथा बेच्दै

सोमबार, २५ फागुन २०८२ · समसामयिक

महावीर पुनले वीरगञ्जको कारखाना जोगाउन पुनः आत्मकथा बेच्दै

काठमाडौं, फागुन २५ । म्याग्दी जिल्लाबाट स्वतन्त्र सांसदमा निर्वाचित भएका महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखानालाई आर्थिक सहयोग जुटाउन आफ्नो आत्मकथा (पुस्तक) बिक्री गर्ने अभियान पुनः सुरु गरेका छन्। 

निर्वाचनका क्रममा निर्वाचन आयोगले रोक लगाएका कारण केही समय स्थगित भएको यो अभियान उनले सोमबार पोखराका विभिन्न स्थानबाट सुरु गरेका हुन् । पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पोखराको अमरसिंह चोक, पृथ्वी चोक र महेन्द्रपुलमा आफैँ उपस्थित भएर पुस्तक बिक्री गरिरहेका छन्।

वीरगञ्जको कृषि औजार कारखाना राम्रोसँग सञ्चालन भइरहेको भए पनि यसलाई थप विस्तार र निरन्तरता दिन आर्थिक स्रोतको आवश्यकता परेकाले आफू पुनः सडकमा पुस्तक बेच्न निस्किएको उनले बताएका छन्।