logo-image

बिहिबार, २९ असोज २०८३

मतदान पश्चात प्रचण्डले भने : ढुक्क हुनुहोस् बहुमत कसैको आउँदैन

बिहिबार, २१ फागुन २०८२ · राजनीति

मतदान पश्चात प्रचण्डले भने : ढुक्क हुनुहोस् बहुमत कसैको आउँदैन

काठमाडौं, फागुन २१ 
मतदान पश्चात नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मतदान पश्चात कसैको पनि स्पष्ट बहुमत नआउने बताएका छन् । उनले निर्वाचन नै देशको एक मात्र विकल्प भएको र यसले राष्ट्रलाई स्थायित्व र समृद्धिको बाटोमा लैजाने विश्वास समेत व्यक्त गरेकाछन् । 
चितवनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन सफल भएकोमा खुशी व्यक्त गरेका प्रचण्डले असहज परिस्थितिका बीच आयोजना गरिएको यस निर्वाचनलाई सफल पार्ने जिम्मेवारी सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र निर्वाचन आयोगको भएको बताए । यो निर्वाचनलाई सामान्य मात्र नभएर असामान्य र राष्ट्रको भविष्यका लागि निर्णायक हो, उनले भने । उनले आम नेपाली जनतालाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन अपील गरे । निर्वाचनको नतिजाबारे बोल्दै उनले कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको बताए । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । 
पछिल्लो समय चर्चामा रहेको ‘नयाँ र पुरानो’ दलको भाष्यप्रति असन्तुष्टि जनाउँदै दाहालले यो देशको हितमा नभएको तर्क गरे । उनले नयाँ वा पुरानो भन्दा पनि ‘सही र गलत’ को भाष्य बनाउनुपर्नेमा जोड दिए । चितवनमा मतदान गरे लगत्तै उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वतर्फ प्रस्थान गरेका छन् । उनी यस पटक रुकुम पूर्वबाट उम्मेदवार रहेका छन् ।