शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२
भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले नेमकिपाका प्रेम सुवाललाई टक्कर दिइरहेका छन्। हालसम्म भएको मतगणनामा रुकेश रन्जितले १७,६८२ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने नेमकिपाका प्रेम सुवाल को १२८६६ मत रहेको छ । नेपाल मजदुर किसान पार्टीको स्थापना कालदेखि नै भक्तपुर क्षेत्र नम्बर १ सो पार्टीको गढको रूपमा रहँदै आएको छ। यस क्षेत्रमा प्रेम सुवाल भन्दा पहिला नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्क्ष विजय हुँदै आएका थिए। अध्यक्ष नारायणमान बिजुक्क्षले आफ्नो उत्तराधिकारीको रूपमा प्रेम सुवाललाई यो क्षेत्र हस्तान्तरण गरेको हो। अध्यक्ष बिजुक्क्षपछि प्रेम सुवालले निरन्तर यस क्षेत्रमा जित्दै आएका हुन्। यस चुनावमा हरेक क्षेत्रमा रास्वपाको दबदबा रहेको छ। नेमकिपाको राम्रो भोट आउने विश्वास गरिएको वडा नम्बर ६, ७, ८ को मत गणना गर्न बाँकी रहेको हुँदा नेमकिपा का कार्यकर्ताहरू अझै पनि सुवालले जित्नेमा विश्वस्त छन् ।