बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, २८ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २८
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले बालेन शाहलाई सहयोग गर्ने संकेत दिनुभएको छ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै यदि बालेन शाहको सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानता सहितको हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरुले सहयोग गर्ने जनाउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष तर्फ १२५ सिट छ भने समानुपातिकमा ५७ सिट पाउने देखिएको छ। यो दुवै सिटसंख्या जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा १८२ सिट हुन्छ भने दुई तिहाई पुगाउन दुई सांसद अपुग हुने देखिन्छ। अङ्कगणित यस्तो देखिएको बेलामा पाँच सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले सर्त सहित बालेन शाहको सरकारलाई समर्थन जनाउने सम्भावना व्यक्त गर्नुभएको हो।
कमल थापाको सो भनाईलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।