logo-image

शुक्रबार, ०४ वैशाख २०८३

बहुमत र दुई तिहाइ : फरक के छ?

मङ्गलबार, २६ फागुन २०८२ · राजनीति

बहुमत 
कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
 • बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
 • सरकार गठन
 • प्रधानमन्त्री चयन
 • साधारण कानून पास
 • बजेट पारित

दुई-तिहाइ 

कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
 • संविधान संशोधन
 • संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
 • शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था