logo-image

शुक्रबार, ०४ वैशाख २०८३

प्रदीप ज्ञवाली र चन्द्र भण्डारी पराजित

शनिबार, २३ फागुन २०८२ · राजनीति

प्रदीप ज्ञवाली र चन्द्र भण्डारी पराजित

काठमाडौं, फागुन २३
गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार ढकालले ३० हजार चार सय ४८ मत प्राप्त गरेका छन् । गुल्मी–१ मा ढकालको १५ हजारभन्दा बढी मतान्तरले जीत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार तीन सय २८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार सात सय ३१ मत प्राप्त गरेका छन् । ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार एक सय २० मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।