शुक्रबार, ०४ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २५
यही फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय २५ सिट जितेको छ । प्रत्यक्षतर्फ भएको कुल एक सय ६५ सिट मध्ये रास्वपा एक्लैले एक सय २५ सिट जितेको हो । सो पश्चात नेपाली काँग्रेसले १८ सिट जितेको छ भने एमालले हालसम्म आठ सिट जितेको छ भने एक ठाउँमा अगाडि देखिएको छ । यसैगरी नेकपाले सात सिट, श्रम सस्कृतीले तीन सिट र राप्रपाले एक सिट जितेको छ ।
समानुपातिकतर्फ भने रास्वपाले हालसम्म ४७ लाख ७१ हजार ९६० मत ल्याएको छ । यसैगरी काँग्रेसले १६ लाख ६ हजार दुई सय ८ मत ल्याउँदा एमालले १३ लाख ४० हजार चार सय १५ मत ल्याएको छ । नेकपाले समानुपातिकतर्फ ७ लाख २५ हजार ६६ मत ल्याउँदा श्रम संस्कृती पार्टीले तीन लाख ३९ हजार ५ सय ३३ मत ल्याएको छ भने राप्रपाले हालसम्म ३ लाख १३ हजार २ सय ४४ मत ल्याएको छ ।