logo-image

शुक्रबार, ०४ वैशाख २०८३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्दै

मङ्गलबार, २६ फागुन २०८२ · राजनीति

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्दै

काठमाडौं, फागुन २६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत प्रस्थान गर्ने भएका छन्। उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’  ग्लोबल समिटमा सहभागी हुनेछन्।

डा. भट्टराईको सचिवालयका अनुसार उनी यस विश्व सम्मेलनमा 'विशिष्ट अतिथि' को रूपमा सहभागी हुन लागेका हुन्। मार्च १२ देखि १४ सम्म चल्ने उक्त समिटमा विश्वभरका नीति निर्माता, प्रविधि विज्ञ र अर्थशास्त्रीहरूबीच विश्वव्यापी शासन र प्रविधिका विषयमा छलफल हुनेछ।

विशेष गरी डा. भट्टराईले मार्च १४ मा 'एआईको युगमा लोकतन्त्र, डिजिटल सुशासन र युवा' शीर्षकको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्ने भएका छन्।