logo-image

बुधबार, ३१ असार २०८३

नेप्सेमा २३ अंकको सुधार: साताको अन्तिम दिन साढे १४ अर्बको सेयर कारोबार

बिहिबार, २८ फागुन २०८२ · अर्थ

नेप्सेमा २३ अंकको सुधार: साताको अन्तिम दिन साढे १४ अर्बको सेयर कारोबार

काठमाडौं, फागुन २८।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ।

 अघिल्लो कारोबार दिनको तुलनामा २३.८७ अंक अर्थात् ०.८५ प्रतिशतले बढेर नेप्से परिसूचक २८२०.४४ विन्दुमा पुगेर बन्द भएको हो। यसैगरी, 'सेन्सेटिभ इन्डेक्स' पनि ५.०१ अंक (१.०४ प्रतिशत) ले वृद्धि भई ४८६.३८ विन्दुमा रोकिएको छ।

बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार ३३५ कम्पनीको १ लाख ३० हजार १५ पटकको कारोबारमार्फत ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार १३ अर्ब १८ करोडको कारोबार भएको तुलनामा यो रकम केही बढी हो।

 साताको अन्तिम दिन परिसूचक र कारोबार रकम दुवै सकारात्मक रहँदा लगानीकर्तामा उत्साह देखिएको छ।