आइतबार, २१ भदौ २०८३
बुधबार, १८ चैत २०८२ · राजनीति
काठमाडौँ चैत १८
नेकपा एमालेको संसदीय दलको नेताको लागि रस्सा कस्सी चलेको छ। स्वर्गीय सुभाष नेम्वाङका छोरा तथा इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले नेकपा एमालेको संसदीय दलका नेतामा दाबी गरेपछि संसदीय दलको नेता को बन्छ भन्ने प्रश्न पेचिलो बनेको छ। पार्टी नेतृत्वले नेकपा एमालेका उपाध्यक्ष तथा समानुपातिक तर्फका सांसद रामबहादुर थापा, बादलको नाम अघि शारदा नेमङ पछि नसर्ने अड्डी कस्नु भएको छ। हामीलाई प्राप्त जानकारी अनुसार नेकपा एमालेको संसदीय दलका नेताको लागि सुहाङ नेम्वाङ र रामबहादुर थापा (बादल) बीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।निर्वाचनको लागि निरज आचार्यको संयोजकत्वमा तीन सदस्य कमिटी गठन गरिएको र आज केहीबेरमा निर्वाचन हुने जानकारी प्राप्त भएको छ।