logo-image

बिहिबार, ०३ वैशाख २०८३

नेकपा एमालले समानुपातिक सांसदको नाम टुंगो लगायो

शनिबार, ३० फागुन २०८२ · राजनीति

नेकपा एमालले समानुपातिक सांसदको नाम टुंगो लगायो

काठमाडौं, फागुन ३०

नेकपा एमालेको आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुन्दुस्थित निवासमा बसेको बैठकले नामावली टुङ्गो लगाएको हो। निर्वाचन आयोगको मापदण्ड अनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद छनोट गरेको छ। 

जनजाति -४ जना
महिला :
 * भूमिका सुब्बा
 * गंगादेवी श्रेष्ठ
पुरुष :
 * रामबहादुर थापा मगर
 * कुलभक्त शाक्य
खस आर्य -५ जना
महिला :
 * पद्मा अर्याल
 * टुकाभद्रा हमाल
 * एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
 * गुरु प्रसाद बराल
 * डा. पुष्पराज कंडेल
थारु : १ जना
पुरुष : 
* कृपाराम राणा 
दलित : २ जना
 महिला :
* विष्णुमाया बिक 
* नीता घतानी 
मधेसी : ३ जना 
महिला :
* रिङ्ला यादव 
* यशोधा कुमारी यादव  
पुरुष :
* चन्द्रेश्वर मण्डल   
मुस्लिम -महिला :     
* साजिदा सिद्दीकी