आइतबार, १४ भदौ २०८३
बिहिबार, २१ फागुन २०८२ · समसामयिक
काठमाडौं, फागुन २१ । निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका १० मा नारायणी नमुना माध्यमिक विद्यालय अगाडि उनिहरुले निर्वाचन विरोधी पर्चा पम्लेट देखाएका थिए । त्यसपछि दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । उने क्रममा नियन्त्रणमा लिएको दुई जनालाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
नेकपा बहुमतको जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र नेकपा बहुमत निकट विद्यार्थी संगठनका चितवन संयोजके किरण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट मोबाइल एक थान र पर्चा पम्प्लेट नियन्त्रणमा लिइएको छ ।