बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, २८ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २८
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको बताएका छन्। उनले आफ्नो पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।
उनले परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उल्लेख गरेका छन्। साथै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ओलीले कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरेर साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र समर्थकहरूलाई धन्यवाद व्यक्त गर्दै भनेका छन्।