logo-image

बिहिबार, ०३ वैशाख २०८३

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री

शनिबार, ०९ फागुन २०८२ · राजनीति

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताउनुभएको छ 
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो । उहाँकाअनुसार यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहेपनि अहिले हटेर गएको बताउनु भयो । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पार्नुभयो । 
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताउनु भयो । खनालकाअनुसार भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने जिम्मेबारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताउनु भयो ।

न्युज एजेन्सी नेपाल