logo-image

बिहिबार, ०३ वैशाख २०८३

निर्वाचन आयोगले टुङ्गायो समानुपातिक सिट सङ्ख्या

शुक्रबार, २९ फागुन २०८२ · राजनीति

निर्वाचन आयोगले टुङ्गायो समानुपातिक सिट सङ्ख्या

काठमाडौँ, फागुन २९

आज साँझ निर्वाचन आयोगले आधिकारिक रुपमा दलहरूको समानुपातिक सिट संख्या टुङ्गो लगाएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले शीर्ष स्थानमा रहँदै ५७ सिट पाएको छ। यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै २० सिट पाएको छ। तेस्रोमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी ९नेकपा एमाले० ले १६ सिट पाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ९नेकपा० चौथो हुँदै ९ सिट प्राप्त गरेको छ। यसैगरी दुई महिनाअघि मात्र गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पहिलो प्रयासमै ३५को थ्रेसहोल्ड कटाउँदै चार सिट पाएको छ। थ्रेसहोल्ड कटाउने अन्तिम पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा० बनेको छ। सो पार्टी छैठौं स्थानमा रहँदै चार सिट प्राप्त गरेको छ।