बुधबार, ०९ वैशाख २०८३
बिहिबार, ०५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र ५ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दैछ। आयोगले दिउँसो निर्वाचन परिणामसहितको समग्र विवरण बुझाउने तयारी गरेको हो।
बिहान ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई निर्वाचन आयोगको कार्यालयमा आधिकारिक प्रमाणपत्र प्रदान गरिनेछ। अपराह्न ४ बजे शीतलनिवास पुगेर आयोगका पदाधिकारीहरूले राष्ट्रपति पौडेललाई निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन बुझाउने कार्यतालिका छ। प्रतिवेदन बुझाइसकेपछि साँझ साढे ५ बजे आयोगले पत्रकार सम्मेलनमार्फत निर्वाचनका सम्पूर्ण तथ्याङ्क र विवरणहरू सार्वजनिक गर्ने जनाइएकाे छ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। यस निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सांसद निर्वाचित भएका छन्।
सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श
३९ मिनेट अगाडि
बैंकमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
एक घण्टा अगाडि