logo-image

मङ्गलबार, १६ भदौ २०८३

निर्वाचनमा सडक यातायात ठप्प, उडानमा छैन अवरोध

बिहिबार, २१ फागुन २०८२ · अर्थ

निर्वाचनमा सडक यातायात ठप्प, उडानमा छैन अवरोध


काठमाडौं फागुन २१ । निर्वाचनका  लािग सडक यातायात ठप्प बनाइएको छ। आज कुनैपनि सवारी साधन नचल्ने यातायात व्यवसायी महासंघले जनाएको छ।
यातायात व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष सरोज सिटौला आज कुनैपनि लामो तथा छोटो दुरीका लागि यातायात सञ्चालन नहुने जानकारी दिनुभएको छ।
उहाले भन्नुभयो ‘ भोलि के हुन्छ अलिहे भन्न सकिन्न, निर्वाचन आयोग र गृह मन्त्रालयले निर्णय गर्ने हो तर, बिगतमा निर्वाचनको भोलीपल्ट सवारी साधन चल्ने गरेको बिगत छ।
सडक यातायात ठप्प भएपनि अन्तर्राष्ट्रिय उडान भने सुचारु भएका छन् । आन्तरिक  उडानका लागि भने बिमान कम्पनीहरुले यात्रु पाएका छैनन् । बिगतमा जस्तो यसपटक आन्तरिक उडान भने ठप्प नपारिएको नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ।